+
Search

ताजा अपडेट +

पपुलर +

महालेखापरीक्षकको रिपोर्ट: जनप्रतिनिधिहरूको १४ करोडको अनियन्त्रित खर्च

mahalekha-pratibedan-audit
डबली खबर
११ महिना अगाडी

१ जेष्ठ, नुवाकोट । महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदनका अनुसार, स्थानीय तहका जनप्रतिनिधिहरूले सरकारी कोषबाट अनायासै सुविधा लिएका छन्।

त्यो रिपोर्टमा पोसाक सुविधा, भान्से, घर भाडा, अतिथि सत्कार, यातायात र इन्धनका नाममा स्थानीय तहका पदाधिकारी र सदस्यहरूले पैसा खर्च गरेको उल्लेख छ। वहाँ १४ करोड रुपैयाँ खर्च भएको बताइएको छ।

स्थानीय तहका पदाधिकारी र सदस्यहरुलाई मासिक सुविधा पाउने व्यवस्था गरिएको भए पनि १३ स्थानीय तहका जनप्रतिनिधिहरूले ऐनमा नलेखिएका चाडपर्व खर्चका लागि १२ लाख ९६ हजार र पोसाक सुविधामा १ करोड २८ लाख लिएका छन्।

त्यसका साथै, ७७ स्थानीय तहले ऐनमा जुन रकम उल्लेख गरिएको छ, त्यसभन्दा फरक हुने गरी यातायातमा ५ करोड ७ लाख रुपैयाँ खर्च गरेका छन् र ३ करोड ५७ लाखको इन्धन सुविधा पनि लिएका छन्।

अर्को शीर्षकमा १ करोड ४५ लाख ६८ हजार रुपैयाँ पनि जनप्रतिनिधिहरूले अनियन्त्रित रुपमा खर्च गरेका छन्। भान्से, घर भाडा र अतिथि सत्कारमा २ करोड ५२ लाख खर्च भएको पाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ