+
Search

ताजा अपडेट +

पपुलर +

सरकारको बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ

Auditor General Toyam Roy presenting the report to President Ram Chandra Poudel at Sheetal Niwas
डबली खबर
१२ महिना अगाडी

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा सरकारको बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ थपिएकाे छ ।

कार्यालयकाे ६२ औं वार्षिक प्रतिवेदन सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासमा पेश गर्दै महालेखा परीक्षक तोयम रायले उक्त बेरुजु थपिएकाे बताएका हुन् ।

प्रतिवेदनअनुसार बेरुजु संघीय सरकारका कार्यालयहरूमा ४७ अर्ब ७४ करोड ३० लाख, प्रदेश सरकारमा ४ अर्ब २० करोड, स्थानीय तहमा २५ अर्ब ३२ करोड ४२ लाख र समिति तथा अन्य संस्थाहरूमा १४ अर्ब ३३ करोड ७ लाख रुपैयाँ थपिएकाे छ ।

महालेखा परीक्षक कार्यालयले देशभर ५ हजार ७ सय ५९ निकाय र कार्यालयको लेखापरीक्षण गरेको उल्लेख छ। जसअनुसार कुल ९४ खर्ब ६२ अर्ब ३६ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार परीक्षण गरिएको हो।

अद्यावधिक बेरुजु विवरणअनुसार संघीय निकायमा ३ खर्ब ७५ अर्ब ४७ करोड, स्थानीय तहमा २ खर्ब ९ अर्ब २९ करोड, र समिति तथा अन्य संस्थामा १ खर्ब १७ अर्ब ९७ करोड रुपैयाँ बेरुजु कायम छ। कुल अद्यावधिक बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।

यस्तै, लेखापरीक्षण वक्यौता, राजस्व वक्यौता, लिनुपर्ने वैदेशिक अनुदान तथा ऋणसम्बन्धी अद्यावधिक रकम ५ खर्ब ५१ अर्ब १ करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।

बेरुजु संप्रेषण कार्य अन्तर्गत २८ अर्ब २९ करोड ४० लाख परीक्षण गरिँदा १४ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ असुल गरिएको तथ्याङ्क पनि प्रतिवेदनमा समावेश गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ