+
Search

ताजा अपडेट +

पपुलर +

वैशाख ३१ गते ‘डिजिटल मधेश कन्क्लेभ’ आयोजना हुँदै

Digital conclave Madesh Nuwakot
डबली खबर
१ साल अगाडी

२८ वैशाख, काठमाडौं । यही वैशाख ३१ गते बुधवार मधेश प्रदेशमा ‘डिजिटल मधेश कन्क्लेभ २०२५’ आयोजना हुने भएको छ ।

मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय, आइसिटी फाउन्डेसन नेपाल र क्यान महासंघ मधेश प्रदेशको सहकार्यमा महोत्तरीको बर्दिवासमा कन्क्लेभ हुन लागेको हो ।

होटल नाभ्यामा सञ्चालन हुने कन्क्लेभमा मधेश प्रदेशको डिजिटल अवस्था, सम्भावना, अवसर र चुनौतीका विषयमा बृहत छलफल र अन्तरक्रिया हुने जनाएको छ ।

कार्यक्रममा ६ बढी सेसनमा ३० बढी विज्ञ वक्ताहरुको सहभागिता रहने आयोजक आइसिटी फाउन्डेसनले जानकारी दिएको छ ।

डिजिटल मधेश कन्क्लेभ २०२५ मा डिजिटल पूर्वाधार, डिजिटल शिक्षा, एआइ र डेटा सुरक्षा, स्टार्टअप र इन्निभेसन इकोसिस्टम, आइसिटी नीति, डिजिटल गभर्नेन्स लगायतका विषयमा विभिन्न प्रस्तुति र प्यानल छलफल सञ्चालन गरिनेछ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ