२८ वैशाख, काठमाडौं । यही वैशाख ३१ गते बुधवार मधेश प्रदेशमा ‘डिजिटल मधेश कन्क्लेभ २०२५’ आयोजना हुने भएको छ ।
मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय, आइसिटी फाउन्डेसन नेपाल र क्यान महासंघ मधेश प्रदेशको सहकार्यमा महोत्तरीको बर्दिवासमा कन्क्लेभ हुन लागेको हो ।
होटल नाभ्यामा सञ्चालन हुने कन्क्लेभमा मधेश प्रदेशको डिजिटल अवस्था, सम्भावना, अवसर र चुनौतीका विषयमा बृहत छलफल र अन्तरक्रिया हुने जनाएको छ ।
कार्यक्रममा ६ बढी सेसनमा ३० बढी विज्ञ वक्ताहरुको सहभागिता रहने आयोजक आइसिटी फाउन्डेसनले जानकारी दिएको छ ।
डिजिटल मधेश कन्क्लेभ २०२५ मा डिजिटल पूर्वाधार, डिजिटल शिक्षा, एआइ र डेटा सुरक्षा, स्टार्टअप र इन्निभेसन इकोसिस्टम, आइसिटी नीति, डिजिटल गभर्नेन्स लगायतका विषयमा विभिन्न प्रस्तुति र प्यानल छलफल सञ्चालन गरिनेछ ।
प्रतिक्रिया