sujim advert

वाइसीएलमा जलन (नामावलीसहित)

डबली खबर     २ हप्ता अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

jalan gajurel elected in president of ycl nuwakot
bidur tax consultancy services in nuwakot

२३ वैशाख, विदुर । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) नुवाकोटले नयाँ नेतृत्व पाएको छ । अध्यक्ष गजुरेलसहित ११ सदस्यीय पदाधिकारी रहने गरि ६१ सदस्यीय कमिटी निर्वाचित भएको हो ।

मङ्गलबार भएको वाइसीएल नुवाकोटको चौंथो जिल्ला सम्मेलन निर्वाचनमार्फत् अध्यक्षमा जलन गजुरेल निर्वाचित भएका छन् । उनले १६० मत प्राप्त गर्दा प्रतिद्वन्द्वी दिनेश अधिकारीले ८७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा सरोज तामाङ र सूर्यबहादुर तामाङ निर्वाचित भएका छन् । उनीहरुले क्रमश: १७२ र १५४ मत ल्याएर निर्वाचित भएका छन् ।

यसैगरी सचिवमा सुरेन्द्र लामाले १५८ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिद्वन्द्वी रामशरण प्याकुरेलले ७९ मत प्राप्त गरेका गरे ।

वाइसीएल अध्यक्ष, उपाध्यक्ष (खुला) र सचिव पदको लागि निर्वाचन भएको थियो ।

अन्य पद महिला उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र सदस्यहरुमा उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका थिए । महिला उपाध्यक्ष १ जना, कोषाध्यक्ष १ जना, सहसचिव ५ जना, सदस्यहरु ५० जना उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका थिए ।

निर्वाचनमा ६ मत बदर भएको थियो ।

निर्वाचनको नतिजा

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top