sujim bazar advert

प्रदेशस्तरीय प्रज्ञा नारी काव्य सङ्गोष्ठी

डबली खबर     बैशाख २१, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

bhupal rai in Nuwakot lecture program
Big Education Consultancy Nuwakot
global ime bank flash loan

२१ वैशाख, नुवाकोट । नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा बागमती प्रदेशस्तरीय प्रज्ञा नारी काव्य सङ्गोष्ठी तथा साहित्य समारोह बट्टारमा भएको छ।

कार्यक्रममा सातै प्रदेशमा साहित्यिक चेतना विस्तार गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानको योजना अन्तर्गत बागमती प्रदेशको प्रतिनिधित्वस्वरूप महिला स्रष्टा केन्द्रित यस वर्षको काव्य सङ्गोष्ठी नुवाकोटमा आयोजना गरिएको नुवाकोट साहित्य प्रतिष्ठानकी उपाध्यक्ष जानुका दाहालले जानकारी दिईन् ।

नुवाकोट साहित्य प्रतिष्ठान नेपालको सहआयोजना तथा देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान नुवाकोटकाे सहयोगमा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा लीला लुईटेलले “बागमती प्रदेश नारी कविहरू” विषयक कार्यपत्र प्रस्तुत गरेका थिईन् ।

कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाबाट प्रतिनिधित्व गर्दै ३० जना महिला कवयित्रीहरूले आफ्ना रचनाहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा साहित्यकार तथा नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठ, संविधानसभा सदस्य राज्यलक्ष्मी पाडे श्रेष्ठ, लेखक संघकी सल्लाहकार सन्ध्या पहाडी, कान्तिपुर टिभीका पत्रकार मणि लोहनी, गोरखापत्रका तुलसीहरी कोईराला, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमहरूले नारी सृजनशीलता प्रवर्द्धन गर्दै प्रदेशस्तरीय साहित्यिक चेतना विस्तारमा प्रभावशाली योगदान पुर्याउने उदेश्य राखेको जनाएको छ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top