+
Search

ताजा अपडेट +

पपुलर +

भोटेकोशी महाविपत्ति: थप एकसय १० जनाको उद्धार

डबली खबर
१ दिन अगाडी

भदौ १५, नुवाकोट । भोटेकोशी महाविपत्तिका कारण नुवाकोटमा हालसम्म ३ हजार १ सय ३९ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

उद्धार गरिएकाहरूमा २ हजार ८ सय ८५ जना नेपाली नागरिक र २५४ जना विदेशी नागरिक रहेका छन्। उद्धार गरिएका नेपालीमध्ये १ हजार ७०० पुरुष र १ हजार १५८ महिला छन् भने विदेशी नागरिकमा २३१ पुरुष र २३ महिला रहेका छन्।

प्राकृतिक विपद्‌मा परी मृत्यु भएका ३३ जनाको शव पहिचान भइसकेको छ भने ६२ वटा शव तथा आंशिक मानव अंगहरूको अझै लिङ्ग पहिचान हुन सकेको छैन। यससँगै कुल मृतकमध्ये ९५ जनाको शव तथा शरीरका अवशेषहरू संकलन गरिएको पुष्टि भएको छ। घटनामा परी ६३ जना गम्भीर घाइते भएका छन्, जसको विभिन्न स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

विपद्‌मा परी बेपत्ता हुनेहरूको संख्या निकै देखिएको छ। हालसम्म २ हजार २ सय ३४ जना नागरिक बेपत्ता रहेका छन्। बेपत्ता हुनेहरूमा १ हजार ६०५ जना नेपाली पुरुष, ४०७ जना नेपाली महिला, ७५ जना विदेशी पुरुष, ९३ जना विदेशी महिला र ५५ जना पहिचान खुल्न बाँकी व्यक्तिहरू रहेका छन्।

प्रभावित क्षेत्रहरूमा सुरक्षा निकाय र स्थानीय प्रशासनले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएका छन्।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ