+
Search

ताजा अपडेट +

पपुलर +

भोटेकोशी बाढी: उद्धार जारी

डबली खबर
१ घण्टा अगाडी

भदौ १२, नुवाकोट । रसुवाको भोटेकोशी नदी क्षेत्रमा साउनको अन्तिम साता आएको भीषण बाढी र कटानका कारण ठूलो सङ्ख्यामा जनधनको क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको स्थिति प्रतिवेदन अनुसार हालसम्म हजारौँ मानिसको सफल उद्धार गरिएको छ ।

बाढीका कारण विभिन्न जिल्लाहरूमा गरी कुल ३८९ जनाको शव फेला परिसकेको प्राधिकरणले जनाएको छ । जसमध्ये चितवनमा सर्वाधिक १३७ जना, धादिङमा २३, नुवाकोटमा २८, रसुवामा १७, गोरखामा ३२ (विभिन्न मानव अङ्गसहित), तनहुँमा २८ तथा नवलपरासीमा ३४ जना रहेका छन्।

यसैगरी नेपाल प्रहरी, नेपाल सेना, सशस्त्र प्रहरी, भन्सार तथा अध्यागमनका कर्मचारीहरू, स्थानीय तथा रसुवा, नुवाकोट र मकवानपुरका सर्वसाधारणसहित कुल ९७७ जना अझै सम्पर्कविहीन रहेका छन्। यसका साथै ५१७ जना विदेशी नागरिक र १२७ जना विदेशमा बस्ने नेपाली नागरिकहरू पनि सम्पर्कमा आउन बाँकी रहेको जनाइएको छ।

बाढी तथा पहिरोमा परी घाइते भएका १३० जनालाई उद्धार गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा भर्ना गरिएकोमा हाल ६७ जनाको उपचार भइरहेको छ। उपचाररत घाइतेमध्ये रसुवा जिल्ला अस्पताल (धुन्चे) मा ११ जना, त्रिशूली अस्पताल (नुवाकोट) मा ४ जना, आयुर्वेदिक अस्पताल (पिपलटार) मा १० जना, राष्ट्रिय ट्रमा सेन्टर (काठमाडौँ) मा ८ जना, त्रि.वि. शिक्षण अस्पताल काठमाडौंमा २६ जना, र अन्य अस्पतालहरूमा उपचार जारी छ।

हालसम्म ४८ जना घाइते उपचारपछि डिस्चार्ज भइसकेका छन् भने १४ जनालाई अन्यत्र प्रेषित (रिफर) गरिएको छ। रसुवा अस्पतालमा उद्धार गरी ल्याउँदै गर्दा १ जनाको बाटोमै मृत्यु भएको थियो।

बाढी प्रभावित क्षेत्रमा स्थलगत तथा हवाई टोलीसहित कुल १३ हजार २ सय ९५ जना सुरक्षाकर्मीहरू (नेपाल प्रहरी, नेपाल सेना र सशस्त्र प्रहरी बल) परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ।

हालसम्म नेपाल सेनाका ६ वटा र निजी क्षेत्रका ९ वटा गरी कुल १५ वटा हेलिकप्टर प्रयोग गरिएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ