भदौ १४, विदुर । भोटेकोशी महाविपत्तिपछि खोजी र उद्धारमा ३ हजार २९ जना नेपाली तथा विदेशी नागरिकको सकुशल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी पछिल्लो अद्यावधिक तथ्याङ्कअनुसार पुरुष १ हजार २९० जना र महिला ६८४ जना गरी कुल २ हजार ९७४ जना नेपाली नागरिकको उद्धार गरिएको छ ।
यसैगरी १२० पुरुष र १२ महिला गरी कुल १३२ जना विदेशी नागरिकको उद्धार गरिएको छ ।
हालसम्म उद्धार गरिएका नागरिकको कुल संख्या ३ हजार २९ पुगेको छ, जसमा २ हजार ७७६ जना नेपाली र २५३ जना विदेशी नागरिक रहेका छन्।
प्राकृतिक विपद्का कारण अझै १ हजार ५५८ जना बेपत्ता रहेका छन्।
उद्धार कार्यसँगै घटनास्थलबाट शव निकाल्ने र पहिचान गर्ने काम पनि निरन्तर जारी छ। भदौ १४ गते आईतबार साँझसम्म कुल ९५ वटा शव निकालिएको छ, जसमध्ये ३३ वटा शवको लैङ्गिक पहिचान भइसकेको छ भने ६२ वटा शव वा आंशिक अङ्गहरूको लैङ्गिक पहिचान हुन बाँकी रहेको छ। २२ वटा पहिचान खुलेका र ९ वटा पहिचान नखुलेका गरी कुल ३१ वटा शव निकालिएको प्रशासनले जनाएको छ।
यस घटनामा परी घाइते भएका ६१ जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।