sujim advert

जिफन्टको प्रतिवेदन: २९% उद्योग तथा प्रतिष्ठानले दिएनन् न्यूनतम पारिश्रमिक, श्रम शोषण थप बढ्दो अवस्थामा

डबली खबर     बैशाख १७, २०८२

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

gefont press meet
bidur tax consultancy services in nuwakot

१७ वैशाख, काठमाडौं । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले २९ प्रतिशत उद्योग तथा प्रतिष्ठानले न्यूनतम पारिश्रमिक नदिने गरेको जनाएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जिफन्टले सार्वजनिक गरेको गत आव २०८१/८२ को श्रम लेखापरीक्षण प्रतिवेदनमा सो कुरा उल्लेख रहेको हो।

अघिल्लो बर्षको प्रतिवेदनमा यो अवस्था २१.७ प्रतिशत रहेको थियो । प्रतिवेदनमा न्यूनतम पारिश्रमिक र सुविधा कार्यान्वयनको अवस्था अत्यन्त नाजुक बन्दै गएको उल्लेख छ । त्यस्तै, श्रमिक आपूर्तिकर्ता कम्पनीमार्फत काम गर्ने श्रमिकहरूलाई न्यूनतम पारिश्रमिक र ओभर टाइमजस्ता आधारभूत सुविधा नदिने कम्पनीको संख्या ७७.२ प्रतिशत पुगेको छ । अघिल्लो प्रतिवेदनमा उक्त संख्या ७२ प्रतिशत रहेको थियो ।

त्यस्तै अघिल्लो वर्ष श्रम अडिट गरिएका उद्योग–प्रतिष्ठानमध्ये ६१.१ प्रतिशतमा आठ घण्टाभन्दा बढी (ओभर टाइम) समय काममा लगाएको पाइएको थियो । यो वर्ष श्रम अडिट गरिएका प्रतिष्ठानमध्ये, ५०.२ प्रतिशत उद्योग प्रतिष्ठानले आठ घण्टाभन्दा बढी समय काममा लगाइएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष विनोद श्रेष्ठले श्रम बजारको रूप फेरिँदै गएको अवस्थामा श्रम शोषणको मापनहरू थपिँदै गएको र श्रमिकको अधिकार खोसिदै गएको महसुस भएको बताए । यसअघि प्रत्यक्ष रूपमा रोजगारदाताहरुले शोषण गर्दै आएकोमा अहिले राज्य वा रोजगारदाताबाट भन्दा पनि अदालतलाई नै प्रयोग गरेर श्रम अधिकार खोस्ने काम भएको पाइएको बताए ।

त्यस्तै २०८० मा बालश्रम प्रयोग भइरहेको प्रतिष्ठान ०.६ प्रतिशत रहेकोमा यसबर्ष पनि सोहि अनुपातमा रहेको जिफन्टले जनाएको छ । जिफन्टले वैशाख १८ गते प्रधानमन्त्रीको उपस्थितिमा भव्य रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने जानकारी दिएको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top