sujim advert

यामाहाद्वारा ‘एक्सचेन्ज अफर’को घोषणा

डबली खबर     ३ हप्ता अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

yamaha exchange offer
bidur tax consultancy services in nuwakot

१४ वैशाख, काठमाडौं । यामाहा नेपालले काठमाडौं उपत्यकाका दुई–पांग्रे सवारीसाधन पारखीहरूका लागि नयाँ तथा रोमाञ्चक एक्सचेन्ज अफर सार्वजनिक गरेको छ।

बैशाख १४ देखि १९ गतेसम्म उपत्यकाभरिका सबै आधिकारिक शोरूमहरूमा लागु हुनेगरी कम्पनीले उक्त अफर सार्वजनिक गरेको हो । यामाहा ब्लु फेस्टको भव्य सफलतापछि कम्पनीले पुनः ग्राहकहरूलाई सवारी साधन एक्सचेन्ज र उत्सवको अवसर प्रदान गरेको हो।

सीमित अवधिको लागि सार्वजनिक गरिएको यो अफर अन्तर्गत ग्राहकहरूले जुनसुकै ब्राण्डको पुरानो सवारी साधनमा न्यूनतम रूपैयाँ २५ हजारको भ्यालुएसन प्राप्त गर्न सक्नेछन्, जसका लागि कर चुक्ताको प्रमाणपत्र अनिवार्य हुनेछ। साथै, ग्राहकहरूले थप रूपमा रूपैयाँ १० हजारको अतिरिक्त भ्यालुएसन पाउन सक्नेछन्। धरौटी बिना नै सजिलो फाइनान्सिङ सुविधा उपलब्ध गराइनेछ भने सस्तो किस्ताबन्दीका लागि केवल ७.९९ प्रतिशत व्याजदर तोकिएको छ।

‘थ्रिल अफ थ्री’ अफर अन्तर्गत ग्राहकहरूले रूपैयाँ १ लाखसम्मको स्योर शट छुट पाउनेछन्। साथै, हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोर्ट्स ब्याग र बाइक कभरजस्ता निःशुल्क एसेसरिजहरू उपहार स्वरूप प्रदान गरिनेछ।

यामाहाका भर्साटायल र डाइनामिक मोडलहरूले विभिन्न प्रकारका चालकहरूको आवश्यकता र रुचिअनुसार रोजाइ सुनिश्चित गरेका छन्। हाइ-माइलेज र स्मार्ट प्रदर्शनका लागि डिजाइन गरिएको रे जेडआर १२५एफआई हाइब्रिडदेखि लिएर रेसिङ पारखीहरूका लागि स्पोर्टी र आक्रामक आर १५ सम्म, यामाहाका मोडलहरू उपलब्ध छन्।

बलियो स्ट्रीट फाइटर लुक्स चाहनेहरूका लागि शक्तिशाली एमटी १५ भीटु उपयुक्त विकल्प हुन सक्छ भने १५५ सिसी इन्जिन र लिक्विड कुलिङ प्रविधिसहितको एअरोक्स १५५ ले नयाँ प्रकारको स्पोर्टी स्कूटर अनुभव प्रदान गर्छ। अफ-रोड साहसिक यात्राका लागि डब्लिआर १५५आर एकदमै भरपर्दो मोडल हो। दैनिक सवारी साधनका लागि स्टाइल, पर्फर्मेन्स र लक्जरीको संयोजन चाहनेहरूका लागि एफजेड-एस भी ३ आदर्श विकल्प हो, जसमा यामाहाको विश्वासिलो ब्लु कोर प्रविधि र मस्कुलर स्ट्रीट डिजाइन समावेश गरिएको छ।

नेपालमा एमएडब्लु राइड्सअन्तर्गत सञ्चालन भइरहेको यामाहा अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र उत्कृष्ट ग्राहक सेवाका लागि अत्यन्तै विश्वासिलो ब्रान्डको रूपमा परिचित छ। यामाहाले सधैं नयाँ प्रविधि र उत्कृष्ट सेवा प्रदान गर्दै नेपालभर उत्कृष्ट सवारी अनुभव दिन प्रतिबद्धता जनाएको छ। आफ्नै नजिकको आधिकारिक यामाहा शोरूममा आजै जानुहोस् र यो भव्य एक्सचेन्ज अफरको फाइदा लिनुहोस्।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top