१३ वैशाख, नुवाकोट । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेस र एमालेबीचको मिलन भ्रष्टाचार जोगाउने उद्देश्यले भएको दाबी गरेका छन् ।
विदुर नगरपालिकाको बट्टारमा आयोजित वाईसीएल जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले उक्त दावी गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरोधी अभियान सञ्चालन गरेपछि आफूहरू पनि फस्ने डरले कांग्रेस र एमाले आत्तिएर नजिकिएको बताए ।
अहिलेको सरकार भ्रष्ट, निरंकुश र षड्यन्त्रमूलक शैलीमा सञ्चालन भइरहेको उनले बताए । कुलमान घिसिङलाई हटाउने, त्रिभुवन विश्वविद्यालयको उपकुलपति र शिक्षामन्त्रीलाई राजीनामा दिन बाध्य पार्ने लगायतका घटनाले सरकार दलाल र आफ्ना मानिसहरूलाई प्रोत्साहन गर्ने दिशामा मात्र लागि परेको बताए ।
उनले कांग्रेस र एमालेले देखाएको यथास्थितिवादी प्रवृत्तिले मुलुकलाई गम्भीर सङ्कटमा पुर्याएको आरोप लगाए ।
प्रतिक्रिया