चैत ३१, नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी विदुर नगर कमिटिको पहिलो नगर अधिवेशन सम्पन्न भएको छ ।
विदुर नगर कमिटिको पहिलो नगर अधिवेशनले पुनः भरतबहादुर थापामगरको सभापतित्वमा नयाँ नगर समिति निर्विरोध चयन गरेको हो ।
पार्टीको नगर कमिटीको उपसभापतिमा राम खतिवडा, सचिवमा राजुप्रसाद रिमाल, सहसचिवमा इश्वरकुमार डंगोल चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा पविन पौडेल, राजकुमार रिमाल, रामप्रसाद खनाल, चक्रबहादुर कार्की, इन्द्रिरा श्रेष्ठ, सुचिता जोशी, उषा डंगोल र नारायणप्रसाद नेपाल चयन भएका छन् ।
जिल्ला प्रतिनिधिमा विमल खड्का, रुपेशसिं राजपुत, दीपक रिजाल र सविना राई चयन भएको निर्वाचन संयोजक शिव थापाले जानकारी दिए ।
रास्वपाको केन्द्रीय प्रतिनिधिमा पाण्डे र रावल
पार्टीको प्रथम जिल्ला अधिवेशनले दुइ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्विरोध चयन गरेको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा २०७८ मा सम्पन्न भएको निर्वाचितमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका सुमन विक्रम पाण्डे र विदुर नगरपालिका वडा नं. १० का कमला पाण्डेलाई निर्विरोध निर्वाचित गरेको हो ।
यस्तै प्रदेश प्रतिनिधिमा जोनी जेके र उसनमान श्रेष्ठलाई चयन गरिएको छ ।
यसअघि रास्वपाका केन्द्रीय कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले उद्घाटन गरेका थिए ।
प्रतिक्रिया