२६ चैत, नुवाकोट । बान्द्रेबाट नुवाकोट जाने सिँढी पदमार्ग निर्माणको शिलान्यास गरिएको छ ।
मङ्गलबार विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले एक कार्यक्रमका बीच सिँढी बाटो निर्माणको शिलान्यास गरेका हुन् ।
सिँढी निर्माणले जिल्लाको पर्यटन क्षेत्रमा टेवा पुग्ने मेयर श्रेष्ठले बताए । साथै आयआर्जनसँग जोड्ने माध्यम हुन सक्ने उनले बताए ।
उक्त मार्ग बान्द्रेहुँदै तत्कालिन सदरमुकाम नुवाकोट जाने गरिन्थ्यो ।
उक्त सिढीँ पदमार्गको रोजगार उपभोक्ता समितिमार्फत् काम थालिएको हो । सिढीँ निर्माणको लागि उपभोक्ता समितिका श्रमदानसहित चालुआर्थिक वर्षमा ३७ लाख एक हजार २०२ रुपैँया रहेको विदुर नगरपालिका-१ का अध्यक्ष लेनिन रञ्जितले जानकारी दिए ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख प्रभा बोगटी, भूमि आयोग नुवाकोटका सदस्य माधव रिजाल, बान्द्रेबाट नुवाकोट जाने सिँढी बाटो रोजगार उपभोक्ता समिति निर्माणका पदाधिकारी एवम् स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया