+
Search

ताजा अपडेट +

पपुलर +

तीन तालिम एकैसाथ सुरु

two months beauty parlor training
डबली खबर
१ साल अगाडी

२१ चैत, नुवाकोट । महिलालाई आत्मनिर्भर बनाउन विदुर नगरपालिकाको वडा नम्बर १ मा एक साथ तीन तालिम सुरु गरिएको छ ।

बिहीबार विदुरमा आयोजित एक कार्यक्रमकाबीच नगरपालिकाका उपमेयर प्रभा बोगटीले उक्त तालिमको उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा उपमेयर बोगटीले तालिम जीवन उपयोगी हुने भएकोले लगनशीलताका साथ सिक्न सहभागिहरुलाई आग्रह गरिन् । प्रतिस्पर्धात्मक युगमा आय आर्जनमूलक सीप अति आवश्यक रहेको बताईन् ।

कार्यक्रममा १ नम्बरका वडा अध्यक्ष लेनिन रञ्‍जितले तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम सञ्चालन गरिने बताउँदै तालिम लिए पश्चात् महिला दिदिबहिनीहरु स्वरोजगार र आत्म निर्भर बन्ने भएकाले यसले आर्थिक उपार्जनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए ।

उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटको आयोजनामा भएको तालिममा करिब ३९ जना महिलाहरुले सहभागिता जनाएका छन् । जसमा दुई महिने सिलाई कटाई, दुई महिने ब्युटीपार्लर र १० दिने डल तथा कुसन बनाउने तालिम रहेको कार्यालयका प्रमुख किशोर सापकोटाले जानकारी दिए ।

तालिममा विदुर नपा-१ को समन्वय रहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ