sujim bazar advert

झोलामा केन्द्रीत सहकारीलाई झोलामै सिमित गरिदैं- म्यागङ गाउँपालिका

डबली खबर     चैत्र २०, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

Myagan Rural Municipality Office Building
Big Education Consultancy Nuwakot
global ime bank flash loan

२० चैत, नुवाकोट । म्यागङ गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सहकारीहरुको नियमन र अनुगमन गर्ने भएको छ ।

गाउँपालिकाले उद्देश्य विपरीत सञ्चालित र लामो समयदेखि निष्क्रिय रहेका सहकारी संस्थाहरुलाई नियमन गर्न लागेको गाउँपालिका अध्यक्ष आशा तामाङले बताए । चालुआर्थिक वर्षभित्र कार्यान्वन हुने गरी झोलामा केन्द्रीत सहकारीलाई झोलामै सिमित गरिने उनले बताए ।

गाउँपालिकाको सहकारी ऐन, २०७५ को दफा ६६ बमोजिम संस्था विघटन र दर्ता खारेजीका लागि आवश्यक प्रक्रिया सुरु गरिएको उनले बताए ।

तोकिएको समय सीमाभित्र मापदण्डहरु पालना नगरेका त्यस्ता सहकारी संस्थाहरु खारेज गर्न इच्छुक भएकालाई खारेज तथा अध्यावधिक गर्नको लागि गाउँपालिकाले आह्वान गरेको गाउँपालिका उपाध्यक्ष सिता तामाङले बताईन् ।

हाल गाउँपालिकामा कृषि सहकारी ११, बहुउद्धेशीय सहकारी ९, चिया सहकारी २ र कफी ३ सहकारी गरी २५ वटा सहकारी संस्था दर्ता भएका छन् ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top