१७ चैत, नुवाकोट । गृह मन्त्रालयले ईद उल फित्र पर्वको अवसरमा भोलि चैत १८ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ।
यस निर्णय अनुसार, ईद (ईद उल फित्र) पर्वका दिन इस्लाम धर्मावलम्बीलाई विदा दिन सार्वजनिक सूचना जारी गरिएको छ ।
मुस्लिम आयोगले आधिकारिक रुपमा पत्र पठाएर विदाको आग्रह गरेपछि मात्र गृह मन्त्रालयले सार्वजनिक विदाको सूचना जारी गरिएको गृह प्रवक्ता रामचन्द्र तिवारीले बताए ।
साउदी अरबलगायत देशमा हिजै इद मनाइसकेको छ ।

प्रतिक्रिया