sujim advert

नेकपा एमाले लाग्यो गणतन्त्रको पक्षमा जनमत सिर्जनामा

डबली खबर     चैत्र ११, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

uml party office nuwakot building
bidur tax consultancy services in nuwakot

११ चैत, नुवाकोट । नेकपा (एमाले) को केन्द्रीय निर्देशनअनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने क्रममा जनचेतना सम्प्रेषण तयारीको लागि जिल्ला कमिटी नुवाकोटले परिपत्र गरेको छ ।

जिल्ला कमिटीका अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा बसेको बैठकको निर्णयहरु पार्टीका आ-आफ्नो क्षेत्रमा सृजनात्मक ढंगले लागू गर्न निर्देशन दिएको छ ।

केन्द्रीय निर्देशन अनुरुप २०८१ चैत ११ गते वडा केन्द्रीय जनसचेतना कार्यक्रम सञ्चालन गर्न यथाशिघ्र प्रदेश कमिटीको इञ्चार्जको सहमतिमा पालिका कमिटी अध्यक्षले पालिका कमिटीको पूर्ण बैठक गर्नुपर्ने निर्णय गरेको छ ।

बैठकले चैत १८ गते हुन लागिरहेको नुवाकोटको सदरमुकाम विदुरमा हुन लागेको जागरणसभामा प्रत्येक पालिकाबाट पार्टी कमिटी पदाधिकारी एवं सदस्यहरु, जनसंगठनका पदाधिकारी एवं सदस्यहरुलाई कार्यक्रममा सहभागिताको लागि निर्देशन गरेको छ ।

यहि चैत २६ गते बट्टारमा हुने अभिमुखीकरण कार्यक्रममा जिल्ला कमिटीका सदस्य, पालिका कमिटीका पदाधिकारी, जनसंगठनका पदाधिकारी, निर्वाचित वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा कमिटीका अध्यक्षहरुलाई सहभागी हुन पार्टीले परिपत्र गरेको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top