+
Search

ताजा अपडेट +

पपुलर +

नगद लाभांश दिने

डबली खबर
१ साल अगाडी

८ चैत, काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको आठौँ वार्षिक साधारणसभाले आठ प्रतिशत नगद लाभांश तथा १ .२४८९ प्रतिशत बोनस शेयर वितरण गर्ने अनुमोदन गरेको छ ।

सोहिअनुसार शेयर संरचना बमोजिम जारी पूँजी र चुक्ता पूँजी वृद्धि गरि पाँच अर्ब एक करोड उनन्चास लाख चौबीस हजार छपन्न रुपैँया पुर्याउने भएको छ । सोहि बमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने लगायतका प्रस्तावहरू पारित गरेको छ ।

कम्पनीको अधिकृत पुँजी पाँच अर्ब दुई करोड कायम गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

बोनस शेयर वितरणपछि कम्पनीको जारी पुँजी र चुक्तापुँजी पाँच अर्ब एक करोड ४९ लाख २४ हजार ५६ रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

सभाले सभामा पारित प्रस्ताव स्वीकृतिका पेस हुँदा नियमनकारी निकायबाट कुनै पनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पारित गरेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ