+
Search

ताजा अपडेट +

पपुलर +

क्षयरोगका २१ जना शंकास्पद बिरामी फेला

tb free checkup camp in Bidur Nuwakot
डबली खबर
१ साल अगाडी

७ चैत, नुवाकोट । नुवाकोटमा पहिलोपटक विदुर नगरपालिकामा दुईदिने क्षयरोग खोजपड्ताल शिविर सुरु भएको छ ।

विदुर नपा-५ मा रहेको देवीघाट जेष्ठ नागरिक केन्द्रमा सञ्चालन गरिएको शिविरमा राष्ट्रिय क्षयरोग केन्द्र, भक्तपुर र त्रिशूली अस्पतालका चिकित्सक तथा स्वास्थ्य प्रविधिकहरुबाट सेवा प्रदान गरिएको थियो ।

क्षयरोगको सम्पर्कमा रहेका जोखिमपूर्ण समूहलाई लक्षित गरी शिविर आयोजना गरिएको स्वास्थ्य प्रमुख रामराजा भण्डारीले बताए । विशेषज्ञ चिकित्सकहरूको टोलीले एआई प्रविधिमा आधारित डिजिटल पोर्टेबल आधुनिक उपकरणबाट छातिको एक्स–रे विधिबाट १६५ जनाको स्वास्थ्य परीक्षण गरिएको उनले जानकारी दिए ।

शिविरमा २१ जना क्षयरोग शंकास्पद बिरामीको खकार नमूना थप परीक्षणको लागि त्रिशूली अस्पतालमा पठाइएको नगरपालिकाका क्षयरोग स्वास्थ्य संयोजक गरिमा जोशीले जानकारी दिईन् ।

नगरमा ४३ जना क्षयरोगका सक्रिय बिरामी रहेको तथ्यांक छ ।

भोलि शुक्रबार चैत ८ गते शहरी स्वास्थ्य केन्द्र विदुर-नपा १० गेर्खुटारमा हुने जनाएको छ ।

लाज र डरले रोग लुकाएर बस्न नहुने र सबै स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि नियमित सेवन गरेमा समयमै रोग निको हुने भएकाले नडराउन, नआत्तिनु, र रोग नलुकाउन चिकित्सकले आग्रह गरेको छ । क्षयरोगको औषधि सबै स्वास्थ्य संस्थाबाट निःशुल्क पाइने र चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गरेमा रोग निको हुनेछ । 

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ