+
Search

ताजा अपडेट +

पपुलर +

उपभोक्ता दिवस मनाइयो

world consumers rights day
डबली खबर
१ साल अगाडी

३ चैत, नुवाकोट । ६३औं विश्व उपभोक्ता अधिकार दिवस नुवाकोट पनि मनाइएको छ ।

उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटले यसवर्ष ‘स्वच्छ र प्रतिस्पर्धी बजार: उपभोक्ता संरक्षणको दिगो आधार’ भन्ने नाराका साथ कार्यक्रम गरी यो दिवस मनाइएको हो ।

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिसस प्रमुख ठकुरीले उपभोक्ता अधिकारको सम्मान गर्दै गुणस्तरीय, सुरक्षित र न्यायोचित मुल्यमा वस्तु तथा सेवा उपभोग गर्न पाउने हक प्रत्याभूत गराउनु राज्यको दायित्व भएको बताए।

कार्यक्रममा कार्यालयका प्रमुख किशोर सापकोटाले उपभोक्ता अधिकार सम्बन्धि प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष रामकृष्ण राजभण्डारी, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष इन्द्रबहादुर पण्डितलगायतको सहभागिता रहेको थियो ।

चालुआर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म उद्योग प्रशासनतर्फ नयाँ दर्ता ७०, नवीकरण ५८१ र खारेजी ५८ ओटाको कार्य सम्पादन गरेको छ । विविध शिर्षकबाट ३९ लाख ९५ हजार २६५ रुपैँया राजस्व सङ्कलन गरिएको उनले जानकारी दिए । यसैगरी, कार्यालयले वाणिज्यतर्फ नयाँ दर्ता ४३, नवीकरण ५१७ र खारेजी १०९ ओटाको कार्य सम्पादन गरेको छ । विविध शिर्षकबाट कार्यालयले ३० लाख ५०० रुपैँया राजस्व सङ्कलन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ