१ चैत, विदुर । नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अनिश्चित भएको छ ।
क्याम्पस प्रशासनले बिहीबार अपराह्ण क्याम्पसमा विविध कारणले स्ववियु निर्वाचन स्थगित गरिएको सूचना जारी गरेको थियो ।
चैत ५ गते तय भएको निर्वाचनका लागि निर्वाचन समितिका संयोजकले राजिनामा दिएको लगायत विविध घटनाक्रमका कारण हाललाई अर्को निर्वाचन समिति चयन नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ ।
निर्वाचन समितिका संयोजक पुर्णबहादुर सडौलाले फागुन २५ गते पदबाट राजीनामा दिएका थिए ।
यसका साथै स्ववियु निर्वाचनको सन्दर्भलाई लिएर क्याम्पसमा असहज परिस्थिति उत्पन्न नहोस् भन्ने उद्देश्यले क्याम्पसको संशोधित विधान २०७७ को दफा १३, उपदफा १७ बमोजिम क्याम्पस आगामी चैत ६ गतेसम्मका लागि बन्द गरिएको सूचनामा जनाइएको छ। विद्यार्थी संगठनहरूले भने स्ववियु निर्वाचन स्थगित गर्नु अन्याय भएको बताएका छन्।
प्रतिक्रिया