sujim advert

अनलाइन भुक्तानीमा ५० प्रतिशत छुट

डबली खबर     फाल्गुन २८, २०८१

sizen education new intake 2025
ananda Jewellery shop

Save Big 50 percentage in online payment
bidur tax consultancy services in nuwakot

२८ फागुन, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने विभिन्न शुल्कहरुको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको योजनाअनुसार नेपाली विद्यार्थीहरुले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुको शैक्षिक शुल्क, बीमा शुल्क लगायत विभिन्न भाषा परीक्षाको शुल्क अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्नेछ ।

यो योजना अर्को वर्षको भदौ १५ गते अर्थात् अगस्ट ३१, २०२५ सम्म लागू हुनेछ ।

अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवामा सेवाग्राहीहरुले भुक्तानीको लागि आवश्यक पर्ने सम्पूर्ण कागजजात पुरा गरेपश्चात् बैंकले रकम भुक्तानीको लागि लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्नेछ ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top