+
Search

ताजा अपडेट +

पपुलर +

आयुर्वेदको अन्तरङ्ग सेवा सुरु

blood pressure checkup chief minister of bagamati province
डबली खबर
१ साल अगाडी

२५ फागुन, नुवाकोट । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटले अन्तरङ्ग सेवासहितको चिकित्सालय सेवा सुरु गरेको छ ।

आज चिकित्सालयमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले प्रदेश स्वास्थ्य मन्त्री किरण थापामगरको उपस्थितिमा उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

दोस्रोपटक उद्घाटन हुँदै आर्युवेद भवन

चिकित्सालयमा अबदेखि २५ श्यया सेवासहितको अन्तरङ्ग चिकित्सालय सेवा उपलब्ध हुने जनाएको छ ।

चिकित्सालयमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण, महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद सम्बन्धि सचेतना, भान्साघर औषधालय, पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मी तथा आमा समुहलाई आयुर्वेद सम्बन्धि अभिमुखीकारणलगायतका ११ वटा मुख्य कार्यक्रम रहेको छ ।

सैद्धान्तिक हिसाबले आयुर्वेद चिकित्सकले स्वस्थ्य व्यक्तिको स्वास्थ्य रक्षा गर्नुको साथै रोगी व्यक्तिको रोग निर्मूल गर्ने भएकाले पछिल्लो समय आयुर्वेद अस्पतालप्रति जनविश्वास बढ्दै गएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ