+
Search

ताजा अपडेट +

पपुलर +

बाढी क्षतिबापत बीमा दाबी २० अर्ब ९० करोड नाघ्यो

डबली खबर
२६ मिनेट अगाडी

कार्तिक १, काठमाडौं । भोटेकोशी-त्रिशूली नदीमा लेदोसहित आएको बाढीले पुर्‍याएको क्षतिबापत बीमा कम्पनीहरूमा २० अर्ब ९० करोड रुपैयाँभन्दा बढीको प्रारम्भिक दाबी परेको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार २०८३ असोज २८ गतेसम्म १८ वटा निर्जीवन बीमा कम्पनीमा दुई हजार ४२७ बीमितले दाबी दर्ता गराएका छन्। कुल अनुमानित दाबी रकम २० अर्ब ९० करोड ४५ हजार रुपैयाँ पुगेको छ। यसमध्ये हालसम्म २३ करोड ५२ लाख ५८ हजार रुपैयाँ मात्र बीमितलाई भुक्तानी भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

दाबीको सबैभन्दा ठूलो हिस्सा सम्पत्ति बीमातर्फ परेको छ। यसमा ९ अर्ब ५७ करोड १९ लाख ८७ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी आएको छ। इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ ४ अर्ब ३९ करोड ७२ लाख ५८ हजार, मोटर बीमातर्फ २ अर्ब ८५ करोड ३४ हजार, परिवहन बीमातर्फ २ अर्ब ३४ करोड ५ लाख ९१ हजार, अन्य बीमातर्फ १ अर्ब ५० करोड १० लाख ३२ हजार र स्वास्थ्य बीमातर्फ २३ करोड ९१ लाख ४४ हजार रुपैयाँ दाबी परेको छ।

भुक्तानीको अवस्था भने अझै न्यून छ। सम्पत्ति बीमातर्फ ८ करोड ६२ लाख ८३ हजार, मोटर बीमातर्फ ६ करोड ७४ हजार, परिवहन बीमातर्फ ७ करोड ८२ लाख ७२ हजार, अन्य बीमातर्फ ७६ लाख ३० हजार र इन्जिनियरिङ तथा ठेक्का जोखिमतर्फ जम्मा ३० लाख रुपैयाँ मात्र भुक्तानी भएको छ।

प्राधिकरणले बाढीबाट प्रभावित बीमितहरूको दाबी छिटो र सहज रूपमा फर्छ्यौट गर्न सम्बन्धित कम्पनीहरूलाई निर्देशन दिएको छ।

insurance claim after Bhotekoshi Flood 2083

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ