+
Search

ताजा अपडेट +

पपुलर +

२५ श्यया आयुर्वेद सञ्चालनको तयारीमा

Ayurveda and Alternative Hospital Nuwakot Nepal
डबली खबर
१ साल अगाडी

१३ माघ, नुवाकोट । विदुर नगरपालिका-५ तल्लो पिपलटारमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय २५ श्यया सेवासहितको अन्तरङ्ग चिकित्सालय सञ्चालनको तयारीमा रहेको चिकित्सालय प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले जानकारी दिएका छन् ।

आईतबार विदुरमा आयोजित आयुर्वेद सेवा प्रवर्द्धनका लागि पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा डा. गिरीले अन्तरङ्ग चिकित्सालय सञ्चालनको तयारीमा रहेको जानकारी दिएका हुन् । चिकित्सालय सञ्चालानार्थको लागि आवश्यक भौतिक पूर्वाधार, उपकरण र मानव स्रोत संशोधनको लागि तयारी भइरहेको डा. गिरीले बताए ।

तथ्यांकअनुसार हाल जिल्लामा नागरिक आरोग्य सेवा केन्द्र ४ वटा र आयुर्वेद औषधालय ७ वटा सञ्चालनमा रहेका छन् ।

गत तीन आर्थिवर्षभित्र निरन्तर जिल्लाका सरकारी निकायहरु मध्ये शून्य बेरुजु राख्न सफल रहेको चिकित्सालयले चालुआर्थिक वर्ष २०८१/८२ मा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण, महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद सम्बन्धि सचेतना, भान्साघर औषधालय, पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मी तथा आमा समुहलाई आयुर्वेद सम्बन्धि अभिमुखीकारणलगायतका ११ वटा मुख्य कार्यक्रम रहेको डा. गिरीले जानकारी दिए ।

कार्यक्रममा चिकित्सालयका डा. सविता तामाङले नुवाकोट जिल्ला र बागमती प्रदेशका वर्तमान आवस्था, आयुर्वेदसँगै स्वास्थ्य, शिक्षा, कृषि, वन, पर्यटनको प्रवर्द्धनबारे प्रष्ट पारेकी थिईन् ।

आयुर्वेद चिकित्सालय समितिका अध्यक्षद्वारा पदभार ग्रहण

चिकित्सालयमा बिशेषज्ञ तथा अनुभवी चिकित्सकहरुबाट बिरामी परीक्षण, पञ्चकर्म/पुर्वकर्म थेरापी सेवा, अकुपञ्चर सेवा, प्याथोलोजी ल्याब सेवा, स:शुल्क फार्मेसी सेवा तथा नेपाल सरकारबाट तोकिएका २३ थरी आयुर्वेद औषधिहरु निःशुल्क वितरण सेवाहरु उपलब्ध रहेका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ