२२ फागुन, नुवाकोट । १४ महिना अघि उद्घाटन भएको भवनको उद्घाटनको दोस्रो पटक हुने कुराले यतिखेर नुवाकोट तातेको छ ।
विदुर नगरपालिका वडा नंं ५ तल्लोपिपलटारमा निर्माण भएको आर्युवेद तथा वैकल्पिक चिकित्सालय भवनको उद्घाटन १४ महिना अघि भारतीय विदेशमन्त्री डा. एस जयशंकर र नेपालका परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले गरेका थिए ।
चिकित्सालयको भित्तामा टाँसिएको ताम्रपत्रमा दुई देशका समकक्षी मन्त्रीबाट वि.स. २०८० पुस २० गते संयुक्त रुपमा गरेको उल्लेख भएको छ । भारत सरकारको सहयोगमा निर्माण भएको सो चिकित्सालय भवनको दोस्रो पटक उद्घाटनका लागि फागुन २५ गते बागमति प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाबाट हुने गरी कार्यक्रम तय भएको छ ।
चिकित्सालयका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीको हस्ताक्षरमा मुख्यमन्त्रीबाट चिकित्सालय भवन तथा अन्य सेवाको शुभारम्भ गरिने कार्यक्रमको लागि जिल्लाका सरकारी कार्यालय तथा जिल्लाका सञ्चारकर्मी तथा सरोकारवालाहरुलाई पत्राचार गरेपछि यो विषयले चर्चा पाएको हो ।
संघीय सरकारका परराष्ट्र मन्त्री र भारतका समकक्षी मन्त्रीबाट भएको उद्घाटनलाई पाखा लगाएर आर्युवेद कार्यालयका प्रमुखले मुख्यमन्त्रीको चाकडीका लागि दोस्रो पटक भवनको उद्घाटन गर्न लागेको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष शिव चित्रकारले बताए ।



प्रतिक्रिया