२१ फागुन, काठमाडौं । नेपालका लागि बजाज् मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अहिलेसम्मकै ठूलो अफर बजाज ग्राण्ड एक्सचेञ्ज मेला सुरु गरेको छ ।
फागुन २० देखि २६ गतेसम्म बालाजुस्थित मनकामना ट्रेड लिङ्कमा यस एक्सचेञ्ज मेला सञ्चालन भईरहेको छ । मेलामा ग्राहकहरुले आफ्नो साधन अपग्रेड गर्न सकिने मौका कम्पनीले दिएको छ ।
मेलामा ग्राहकहरूले मात्र नागरिकताको आधारमा सजिलै बजाज मोटरसाइकल खरिद गर्न सक्नेछन् । कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज बाइक लैजान सकिने यस एक्सचेन्ज मेलामा अतिरिक्त १० हजार रुपैयाँ भ्यालुएसन प्रदान गरिने कम्पनीले जनाएको छ ।
साथै, अन–द–स्पट फाइनान्स सुविधा अन्तर्गत ९.९९% ब्याजदर र ३६ महिनासम्मको किस्ता अवधिका साथ बाइक खरिद गर्न सकिने कम्पनीले जनाएको छ । नयाँ जिवनको तयारी बजाजको सवारी भन्ने ट्यागलाईनको साथ सन्चालन भईरहेको यस ग्राण्ड एक्सचेन्ज मेलामा ग्राहकहरुले ७ हजार रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् ।
बजाज ग्राण्ड एक्सचेन्ज मेलामा निःशुल्क हेल्मेट, बाइक कभर, लेग गार्ड, ल्यापटप ब्याग आदि प्रदान गरिने जनाएको छ । साथै, ०% सर्भिस चार्जको विशेष सुविधा पनि रहनेछ ।

प्रतिक्रिया