+
Search

ताजा अपडेट +

पपुलर +

टीभीएस जनकपुरमा

tvs showroom in Janakpur
डबली खबर
१ साल अगाडी

८ फागुन, काठमाडौं । टीभीएस ब्राण्डले जनकपुरमा आफ्नो नयाँ आधिकारिक शोरूम सञ्चालनमा ल्याएको छ ।

आर्यन अटोमोबाइल्सद्वारा सञ्चालित रहेको अत्याधुनिक सुविधा सम्पन्न यो शोरूमको प्रदेश २ का मुख्यमन्त्री सतिशकुमार सिंहले गरेका हुन् ।

कार्यक्रममा व्यवसायिक विस्तारले स्थानिय अर्थतन्त्रलाई बलियो बनाउन तथा रोजगारीका अवसर सिर्जना गर्न निकै महत्वपूर्ण योगदान दिने मन्त्री सिंहले बताए ।

कार्यक्रममा जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता तथा आर्यन अटोमोबाइल्सका प्रबन्ध निर्देशक राम बालक महतोले ग्राहकहरूलाई विश्वस्तरीय सवारी साधन तथा सेवा अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

टीभीएस ब्रान्ड नेपालका दुईपांग्रे सवारी साधनको बजारमा अग्रणी स्थानमा रहँदै आएको छ । नयाँ डिलरशिपले ग्राहकहरू, मोटरसाइकल पारखीहरू लगायतका लागि टेस्ट राइड, वित्तीय योजनाहरू तथा विशेषज्ञ परामर्श सुविधा उपलब्ध गराउने जानकारी दिइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ