sujim advert

भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक

डबली खबर     फाल्गुन ५, २०८१

sizen education new intake 2025
ananda Jewellery shop

bhojpure song released
bidur tax consultancy services in nuwakot

बर्दिवास – भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस गीतमा सागर लम्साल (बले) र शिल्पा पोखरेलले आकर्षक अभिनय प्रस्तुत गरेका छन् ।

गीतमा रुद्रसेन विश्वकर्मा र प्रतिमा अर्यालको सुमधुर आवाज रहेको छ भने शब्द र संगीत पनि रुद्रसेनकै सिर्जना हुन् । प्रदीप कुमार रसाइलीको नृत्य निर्देशनमा बनेको भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा र उनकी टिमले काठमाडौंमा गरेका हुन् ।

निर कुमारी विश्वकर्मा ‘सविना’को निर्माणमा तयार भएको यो गीतलाई प्रमोद (भारत)ले एरेन्जिङ, मिक्सिङ र मास्टरिङ गरेका छन् । कोरसमा शशि झा र उनका साथीहरूको प्रस्तुति समावेश गरिएको छ ।

रुद्रसेन क्रिएसन प्रा.लि.को प्रस्तुति रहेको यो गीत ‘दिलवाली’ नामक एल्बममा समावेश गरिएको छ । भ्यालेन्टाइन्स डेको अवसर पारेर सार्वजनिक गरिएको गीतले प्रेमी-प्रेमिकाहरूको मन जित्ने अपेक्षा गरिएको छ ।

गीतलाई रुद्रसेन क्रिएसन प्रा.लि.को युट्युब च्यानलमा हेर्न सकिन्छ ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top