+
Search

ताजा अपडेट +

पपुलर +

आइएमई पे र खल्तीबीच मर्जर हुदैँ

ime pay khalti merge
डबली खबर
१ साल अगाडी

४ फागुन, नुवाकोट । भुक्तानी सेवा प्रदायक आइएमई पे र खल्तीबीच मर्जरमा जानका लागि सहमति भएको छ ।

आइएमई पेको अधिक सेयर रहनेगरी दुई प्रदायकबीच सैद्धान्तिक सहमति जुटेको हो । मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम भने ‘आइएमई खल्ती’ रहने बताइएको छ ।

यसैको आशयपत्र (एलओआइ)का लागि दुबै प्रदायकका अधिकारीहरुको समुह आजै (आईतबार) नेपाल राष्ट्र बैंक पुगेको छ ।आइएमई पेमा स्वामित्व रहेको आइएमई डिजिटल सोलुसन लिमिटेडले यसको सञ्चालन गरिरहेको छ।

आइएमई डिजिटल सोलुसनमा आइएमई समूहको ९८ प्रतिशत सेयर स्वामित्व छ। खल्तीमा अमित अग्रवाल लगायतको सेयर स्वामित्व छ। कम्पनीमा वर्ल्ड लिंकको ४० प्रतिशत सेयर स्वामित्व छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ