+
Search

ताजा अपडेट +

पपुलर +

जनयुद्ध दिवसमा बिरामीलाई फलफुल वितरण

डबली खबर
१ साल अगाडी

१ फागुन, नुवाकोट । ३० औं जनयुद्ध दिवसको अवसरमा त्रिशूली अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ ।

नेकपा माओवादी केन्द्र विदुर कमिटीको आयोजनामा अस्पतालमा भर्ना रहेका बिरामीहरुलाई फलफुल वितरण गरिएको हो ।

फलफुल वितरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हीरानाथ खतिवडा, कमिटीका अध्यक्ष भोजराज पनेरु अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकी लगायत अखिल क्रान्तिकारी र वाईसिएलमा आवद्ध युवा विद्यार्थी र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

फलफुल वितरण पश्चात् एक आपसमा शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

साथै कमिटीले अस्पतालका बिरामीको सहजताका लागि तातो वाटर डिस्पेन्सर उपकरण हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ