sujim bazar advert

सर्वोत्तम सिमेन्टको आम्दानीमा ६८९.२३ प्रतिशतको उछाल

डबली खबर     माघ २९, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

sarbottam cement
Big Education Consultancy Nuwakot
global ime bank flash loan

२९ माघ, काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको आम्दानी बढेको छ । कम्पनीको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको वित्तिय विवरणअनुसार आम्दानी बढेको जनाएको छ ।

कम्पनीले गत पुष महिनासम्म २४ करोड १४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ६८९.२३ प्रतिशतले बढी रहेको जनाएको छ ।

अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले ३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३५.९४ प्रतिशत बढेर ३ अर्ब ९८ करोड २२ लाख रुपैयाँ पुगेको छ।

कम्पनीले ७ करोड १८ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । अघिल्लो आवमा ४२ करोड ८ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च घटेर ४१ करोड ७६ लाखमा सीमित बनेको छ । कम्पनीको रिभ्यालुयसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ४ अर्ब ९७ करोड र कुल चालु दायित्व ४ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर कुल सम्पत्तिको मूल्य २९५.२० रुपैयाँ र तरलता अनुपात १.०२ प्रतिशत कायम भएको छ । कम्पनीको जगेडा कोषमा ४ अर्ब ३१ करोड १६ लाख रुपैयाँ सञ्चित रहेको छ। ४ अर्ब ९७ करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९.७० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८६.६६ रुपैयाँ रहेको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top