२९ माघ, काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको आम्दानी बढेको छ । कम्पनीको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको वित्तिय विवरणअनुसार आम्दानी बढेको जनाएको छ ।
कम्पनीले गत पुष महिनासम्म २४ करोड १४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ६८९.२३ प्रतिशतले बढी रहेको जनाएको छ ।
अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले ३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३५.९४ प्रतिशत बढेर ३ अर्ब ९८ करोड २२ लाख रुपैयाँ पुगेको छ।
कम्पनीले ७ करोड १८ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । अघिल्लो आवमा ४२ करोड ८ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च घटेर ४१ करोड ७६ लाखमा सीमित बनेको छ । कम्पनीको रिभ्यालुयसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ४ अर्ब ९७ करोड र कुल चालु दायित्व ४ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर कुल सम्पत्तिको मूल्य २९५.२० रुपैयाँ र तरलता अनुपात १.०२ प्रतिशत कायम भएको छ । कम्पनीको जगेडा कोषमा ४ अर्ब ३१ करोड १६ लाख रुपैयाँ सञ्चित रहेको छ। ४ अर्ब ९७ करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९.७० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८६.६६ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया