+
Search

ताजा अपडेट +

पपुलर +

ब्रदर प्रिन्टर खरिदमा ५० प्रतिशतसम्म छुट

brother printer sagar group special offer
डबली खबर
१ साल अगाडी

२८ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय ब्राण्ड ब्रदरको नेपालका लागि आधिकारिक कम्पनी सागर ग्रुपले आफ्ना ग्राहकहरुलाई ५० प्रतिशतसम्मको योजना ल्याएको छ ।

विश्व बजारमा भर्खरै सार्वजनिक भएको ‘टोनर बक्स सिरिज’का प्रिन्टरमा सो योजना लागु हुने कम्पनीकी कार्यकारी प्रमुख अधिकृत बुद्धलक्ष्मी मानन्धरले जनाकारी दिईन् ।

न्यून प्रिन्टिङ लागतका कारण व्यवसायिक उपभोक्ता तथा उद्यमीहरुको पहिलो रोजाईमा पर्न सफल उक्त सिरिजका प्रिन्टर पछिल्लो अपडेटसहित नेपाली बजारमा कम्पनीले ल्याएको हो ।

जापानी उत्पादक ब्रदर इन्टरनेशनल कर्पोरेशनद्वारा उत्पादित प्रिन्टरका प्रमुख विशेषता आकर्षक, दीगो, कम लागतमा उत्कृष्ट प्रदर्शन, उच्च टोनर क्षमता र पर्यावरणमैत्री डिजाइन रहेको उनले बताईन् । नेपाली उपभोक्तालाई हामी अधिकतम रुपमा लाभान्वित गराउन इच्छुक रहेको बताईन् ।

उक्त योजना कलंकीमा रहेको कम्पनीको केन्द्रीय कार्यालय भोली माघ २९ गतेसम्म प्राप्त गर्न सकिने छ ।

ग्राहकले कम्पनीको अधिकारिक वेबसाईटमा गएर खरिद गर्न समेत सकिने व्यवस्था छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ