+
Search

ताजा अपडेट +

पपुलर +

आईएमई लाइफ इन्स्योरेन्सलाई तीन अवार्ड

ime life insurance
डबली खबर
१ साल अगाडी

२७ माघ, काठमाडौं । पाँचौं संस्करणको इमर्जिङ एसिया अवार्डमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन विधामा अवार्ड जित्न सफल भएको छ ।

कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड र बीमा नेतृत्वमा महिला गरि तीन विधाको अवार्डमा जित्न सफल भएको हो ।

यस कार्यक्रमले आई एम ई लाइफ इन्स्योरेन्सको ग्राहक(केंद्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामुलक नेतृत्वको कदर गरेको छ । नेपालभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने हाम्रो उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको छ ।

कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का प्यानल डिस्कसनमा वक्ताका रुपमा सहभागी भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ