World Tuberculosis Day 2025
sujim advert

श्रेष्ठलाई उत्कृष्ट व्यवस्थापक अवार्ड

डबली खबर     माघ २७, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

salt trading ceo urmila shrestha
bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

२७ माघ, काठमाडौं । नेपाल व्यवस्थापन सङ्घले साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित गरेको छ ।

सङ्घको ४४ औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनमा उत्कृष्ट व्यवस्थापकहरुबाट उनलाई सम्मान गरिएको हो ।

सङ्घले हरेक वर्ष उक्त अवार्ड प्रदान गर्दै आएकोमा यसपल्टको अवार्ड श्रेष्ठले प्राप्त गरेकी हुन् ।

श्रेष्ठले ३७ वर्ष साल्ट ट्रेडिङ कर्पोरेसनमा काम गरेको र सन् २००७ यता प्रमुख कार्यकारी अधिकृत रहेर कार्य गरिरहेकी छिन् ।

साल्ट ट्रेडिङ कर्पोरेसनमा रहेर देशभर नुन वितरणको राष्ट्रिय जिम्मेवारी पूरा गर्नुका साथै व्यापार विविधिकरणमार्फत साल्ट ट्रेडिङको वित्तीय दिगोपना एवं सामाजिक कल्याणमार्फत उदाहरणीय योगदान पुर्याउँदै आएकाले श्रेष्ठलाई छनोट समितिले ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित गरेको हो ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top