+
Search

ताजा अपडेट +

पपुलर +

१६७ साना उद्योग व्यवसाय बन्द

gharelu office nuwakot
डबली खबर
१ साल अगाडी

२५ माघ, नुवाकोट । उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटको तथ्याङ्कअनुसार चालू आर्थिकवर्ष २०८१/०८२ को पुस मसान्तसम्ममा नुवाकोट जिल्लाका एक सय ६७ उद्योग व्यवसाय बन्द भएका छन् ।

सो अवधिमा कार्यालयमा ४३ वटा नयाँ फर्म दर्ता, एक सय नौवटा खारेज, ७० वटा उद्योग दर्ता, ५८ वटा खारेज भएको कार्यालय प्रमुख किशोर सापकोटाले जानकारी दिए । बन्द हुनेमा उद्योगतर्फका व्यवसाय बन्द भएको उनले जानकारी दिए ।

नयाँ दर्ता गर्नेमा उत्साह घट्दै नयाँ दर्ता गर्ने र बन्द गर्ने बराबरीजस्तो हुन थालिसकेको छ । लगत कट्टा गराउने व्यवसायीले बन्द गराउनुको कारण लेख्दा पसल/व्यवसाय नचलेको र सोही व्यवसायको लगत कट्टा गराएर विदेशिन चाहेको उनले बताए । नयाँ दर्ता गर्नेमा ऋण तथा पुँजी वृद्धि गर्ने पनि रहेको उनले बताए । धेरैजसो नयाँ दर्तामा पनि ऋण र पुँजी वृद्धि देखाउनकै लागि गर्ने गरेको बताए ।

कार्यालयले वाणिज्यतर्फ अन्य कार्यको राजस्व रु. २६ लाख ५४ हजार सात सयसहित कुल राजस्व रु. ३० लाख पाँच हजार सङ्कलन गरेको छ ।

यस्तै, वाणिज्य, उद्योग र अन्य शीर्षकमा ६८ लाख ३८ हजार सात सय ४० रुपैँया राजस्व सङ्कलन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ