+
Search

ताजा अपडेट +

पपुलर +

फोटो पत्रकारका लागि कर्जा प्रवाह गरिने

gibl provide loan for purchasing camera to photo journalist
डबली खबर
१ साल अगाडी

२५ माघ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ ।

यस सम्बन्धी सम्झौतामा बैकका हेड ट्रान्जेक्सन बैंकिङ्ग विभागका प्रमुख प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

बैंकले क्यामरा खरिदको लागि रु २ लाख देखि ५ लाखसम्म विना धितो कर्जा प्रवाह गर्ने समझदारी भएको हो । बैकले फोटो पत्रकारहरूलाई क्यामेरा खरिद गर्न ६ महिनादेखि १८ महिनासम्म सरल किस्ताबन्दी सुविधा सहित कर्जा उपलब्ध गराउने छ ।

कर्जाको लागि फोटो पत्रकारहरुले आवश्यक कागजातहरू र आवेदन फारमसहित एनएफपिजेको सिफारिसमा कर्जाको लागि बैंकमा सम्पर्क गर्नुपर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ