+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं टोस्टमास्टर्स क्लब ३०औं वर्षमा

34st anniversary of ktm toastmasters club
डबली खबर
१ साल अगाडी

२४ माघ, काठमाडौं । नेपालको पहिलो टोस्टमास्टर्स क्लब काठमाडौं टोस्टमास्टर्स क्लबले यहि माघ २६ गते वार्षिकोत्सव मनाउने भएको छ ।

क्लबले शनिबार एक कार्यक्रमका बीच आफ्नो ३४औं वार्षिकोत्सव मनाउन लागिएको जनाएको छ ।

‘३४ इयर्स अफ म्याजिकः अ टोस्ट टु लर्निङ लिडरसीप लाफ्टर एण्ड लिगेसी’ मूल नारामा सञ्चालन हुने वार्षिकोत्सवमा मुख्य वक्ताको रूपमा मिस नेपाल अर्थ २०२४ सुमना केसीको सहभागिता रहनेछ ।

कार्यक्रममा रञ्जीत आचार्य, दिप्ती आचार्य, नेहा अमात्य, ईयुडेन कोइराला र जोन्सन् श्रेष्ठको विशेष प्रस्तुति रहने छ ।

कार्यक्रममा सहभागी हुन १५ सय रूपैयाँ शुल्क तोकिएको छ ।

कार्यक्रममा सिकाइ, नेटवर्किङ, गेम्स र मनोरञ्नात्मक लगायतका गतिविधि हुनेछन् । यो कार्यक्रम विशेष गरी नेतृत्व विकास र पब्लिक स्पीकिङमा रूची हुनेहरूका लागि उपयोगी हुने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ