+
Search

ताजा अपडेट +

पपुलर +

क्यान इन्फोटेक सुरू

डबली खबर
१ साल अगाडी

२४ माघ, काठमाडौं । कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) महासङ्घको आयोजनामा यस वर्षको ‘क्यान इन्फोटेक २०२५’ आजबाट सुरू भएको छ ।

३०औं संस्करणको इन्फोटेकको सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले डिजिटल दियो बालेर उद्घाटन गरेका हुन् ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक निती, रणनीति तथा कानूनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले सुरु भए महासङ्घकी अध्यक्ष सुनैना पाण्डेले बताईन् ।

कार्यक्रममा नेपालमै बनेको रोबोटबाट स्वागत नृत्य प्रस्तुत गरिएको थियो ।

क्यान इन्फोटेक ५ दिन अर्थात् २८ गतेसम्म चल्नेछ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ