+
Search

ताजा अपडेट +

पपुलर +

जीवन बीमासम्बन्धी लघु वृत्तचित्र ‘समय’

insurance khabar presents time Short Movie
डबली खबर
१ साल अगाडी

२४ माघ, काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक लघु वृत्तचित्र सार्वजनिक गरेको छ ।

इन्स्योरेन्स खबरको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको लघु वृत्तचित्रमा केही समययता देखिएको आर्थिक शिथिलताले बैंकको कर्जा सेवा, व्यापारदेखि लिएर आपसी व्यवहारसम्ममा पारेको प्रभावलाई झल्काउँदै अप्ठेरो परेका बेला कर्जा वा सापटी हात पार्न असहज भएको अवस्थालाई मर्मस्पर्शी ढंगबाट झल्काइएको छ।

सर्वसाधारणलाई जीवन बीमा, बचत र छोराछोरीको शिक्षाका लागि अभिभावकले गर्नुपर्ने पूर्ववित्तीय तयारीको महत्वबारे सन्देश दिन खोजिएको क्यापिटल न्युज नेटवर्कका अध्यक्ष केशवप्रसाद भण्डारीले बताए ।

वृत्तचित्रको पटकथा लेखन तथा निर्देशन रोमियो गुरुङको रहेको छ ।

ईश्वर बल्लभ उप्रेतीको छायांकन, अध्यक्ष भण्डारीको परिकल्पना र आकाश कुँवरको पटकथा रहेको छ ।

लघु वृत्तचित्र

विशेष सिलवाल र पुष्कर महत्वनको संगीत तथा सन्तोष दवाडी र रोमियो गुरुङको सम्पादनमा रहेको छ।

वृत्तचित्रमा सन्दीप डङ्गोल, निरु खड्का, रोशिका पौडेल, राधा गिरी, प्रभाष लिम्बू र ईश्वर बल्लभ उप्रेतीको अभिनय रहेको छ।

विशेष भूमिकामा कृष्ण मल्ल देखिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ