२३ माघ, काठमाडौं । नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रीय अध्यक्ष तथा युवा अभियान्ता सरोज बानियाँ नेशनल सोसल चेन्जमेकर्स अवार्ड २०२४ बाट सम्मानित भएका छन् ।
सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी १८ व्यक्तित्वहरु र संस्थालाई ५औँ संस्करणको राष्ट्रिय समाज सेवा सम्मान (नेसनल सोसल वेयलफेयर अवार्ड-२०२४) प्रदान गरेको छ ।
जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रमबिच प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सम्मानित व्यक्तित्वलाई अवार्ड प्रदान गरिन् ।
युवा अभियान्ता बानियाँलाई करिब डेढ दशक लामो युवाका क्षेत्रमा कार्य गरेको र ७७ वटै जिल्लाका युवाहरुलाई विभिन्न कार्यक्रम तथा तालिममार्फत् सशक्तिकरण गर्दै युवाहरुलाई नेतृत्वदायी भुमिका ल्याउन योगदान पुर्याएको भन्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।
बानियाँले प्रदेश युवा सम्मेलन आयोजना गरी ७ वटै प्रदेशका युवाहरुलाई उद्यमशीलता, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य प्राप्ति र स्थानीयकरण, युवा र निर्वाचन, रैथाने खाना र बालि र कृषि जैविक बिबिधता संरक्षणमा युवाको भुमिका, सूचना प्रविधि लगायतका बिषयहरुमा कार्य गर्दै आईरहेका छन् ।
प्रतिक्रिया