+
Search

ताजा अपडेट +

पपुलर +

टेलिकमको भाेवाईफाई सेवा सुरु

Nepal Telecom
डबली खबर
१ साल अगाडी

२३ माघ, नुवाकोट । नेपाल टेलिकमले भाेवाईफाई सेवा सुरू गरेकाे छ । नेपाल टेलिकमले आफ्नो २१ ओैं वार्षिकोत्सवकाे अवसरमा भाेवाईफाई सेवाकाे व्यवसायिक सुरूवात गरेकाे हाे ।

मङ्गलबार एक कार्यक्रमकाबीच सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले भाेवाईफाई सेवाकाे उद्घाटन गरेका हुन् ।

यस प्रविधिमार्फत भाेवाईफाई सपाेर्ट गर्ने र भाेल्टे सेवा सक्रिय भएको जुनसुकै माेबाइलबाट देश भित्र तथा देश बाहिरबाट वाईफाई नेटवर्कमार्फत नेपाल टेलिकमकै माेबाइल नम्बरबाट भ्वाइस तथा एसएमएस सेवा प्रयोग गर्न सकिनेछ ।

हाललाई नेपालभित्रबाट यो सेवा प्रयोग गर्दा साविक प्याकेजकाे भ्वाइस/एसएमएस स्राेत तथा पे एज यु गाे बराबर सेवा शुल्क लाग्नेछ ।

नेपाल बाहिरबाट सेवा प्रयोग गर्दा इनकमिङ कल नि:शुल्क तथा आउटगाेइङकाे ३ रूपैयाँ प्रति/मिनेट शुल्क लाग्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ