sujim advert

टेलिकमको भाेवाईफाई सेवा सुरु

डबली खबर     माघ २३, २०८१

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

Nepal Telecom
bidur tax consultancy services in nuwakot

२३ माघ, नुवाकोट । नेपाल टेलिकमले भाेवाईफाई सेवा सुरू गरेकाे छ । नेपाल टेलिकमले आफ्नो २१ ओैं वार्षिकोत्सवकाे अवसरमा भाेवाईफाई सेवाकाे व्यवसायिक सुरूवात गरेकाे हाे ।

मङ्गलबार एक कार्यक्रमकाबीच सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले भाेवाईफाई सेवाकाे उद्घाटन गरेका हुन् ।

यस प्रविधिमार्फत भाेवाईफाई सपाेर्ट गर्ने र भाेल्टे सेवा सक्रिय भएको जुनसुकै माेबाइलबाट देश भित्र तथा देश बाहिरबाट वाईफाई नेटवर्कमार्फत नेपाल टेलिकमकै माेबाइल नम्बरबाट भ्वाइस तथा एसएमएस सेवा प्रयोग गर्न सकिनेछ ।

हाललाई नेपालभित्रबाट यो सेवा प्रयोग गर्दा साविक प्याकेजकाे भ्वाइस/एसएमएस स्राेत तथा पे एज यु गाे बराबर सेवा शुल्क लाग्नेछ ।

नेपाल बाहिरबाट सेवा प्रयोग गर्दा इनकमिङ कल नि:शुल्क तथा आउटगाेइङकाे ३ रूपैयाँ प्रति/मिनेट शुल्क लाग्नेछ ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top