१३ माघ, नुवाकोट । तादी खोला-नुवाकोट दरबार क्षेत्र लिफ्ट खानेपानी आयोजनाका लागि १२ करोड ९४ लाख रुपैयाँ बजेटको स्रोत सुनिश्चित भएको छ।
विदुर नगरपालिका-२ साततले दरबार क्षेत्रका बासिन्दालाई लक्षित गर्दै सुरु गरिएको लिफ्ट खानेपानी आयोजनाका लागि आवश्यक बजेटको स्रोत सुनिश्चित भएको विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले जानकारी दिए । बागमती प्रदेश खानेपानी तथा सरसफाइ आयोजनाको मापदण्डअनुसार उक्त आयोजनालाई २ देखि ३ वर्षभित्र सम्पन्न गर्नुपर्ने लक्ष्य रहेको नगरप्रमुख श्रेष्ठले बताए ।
बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले बजेटको व्यवस्थापन सुनिश्चित गरेको हो ।
खानेपानी आयोजनाको कुल लागत १२ करोड ९४ लाख ५८ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।
पानीको समस्या झेलिरहेका स्थानीयलाई दीर्घकालीन समाधानका लागि स्थानीय ५ सय १२ घरपरिवारका दुई हजार ५६० जना लाभान्वित हुनेछ ।