१३ माघ, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुलाई सम्मान गरेको छ ।
गत साउनमा सञ्चालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुलाई सम्मान गरिएको कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माले जानकारी दिए ।
आफ्ना उत्कृष्ट अभिकर्ताहरुका लागि चितवनको सौराहामा ‘लिडर्स नाइट विथ भुषण दाहाल’ कार्यक्रममा अभिकर्ताहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा देशभरबाट छनोट भएका करिब २२५ जना वरिष्ठ अभिकर्ताहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा वरिष्ठ पत्रकार भुषण दाहालले नेतृत्वका गुण र भविष्य निर्माणका विषयमा विशेष प्रशिक्षण दिएका थिए । नेतृत्वकर्ताले समस्याहरुको समाधानमुखी सोच राख्दै आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता दाहालले औंल्याए।
कार्यक्रममा योजनामा छनोट भएका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो।

प्रतिक्रिया