१३ माघ, काठमाडौं । प्राइम कमर्सियल बैंकले आज आइतबारदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।
बैंकले ५ लाख ५ हजार १८६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।
यस लिलामीमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
न्यूनतम १०७ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने जनाएको छ ।
लगानीकर्ताले यसमा न्यूनतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।
यसमा माघ २० गतेसम्म आवेदन सकिनेछ ।

प्रतिक्रिया