+
Search

ताजा अपडेट +

पपुलर +

सरकारी कर्मचारीका लागि साइबर सुरक्षा जारी

nepal information and technology ministry office
डबली खबर
१ साल अगाडी

१३ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी कर्मचारीहरूका लागि साइबर सुरक्षा जारी गरेको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले कर्मचारीहरूका लागि साइबर सुरक्षासम्बन्धी सल्लाह जारी गरेको हो ।

सरकारी सूचना प्रविधि प्रणालीको प्रयोगकर्ताका लागि जारी रहेको ‘एड्भाइजरी’मा तीन–तीन महिनामा पासवर्ड परिवर्तन गर्नुपर्ने व्यवस्था गर्न भनिएको छ । वेबसाइटहरू ह्याक हुने तथा डाटा चोरी हुने जस्ता समस्याबाट बच्ने उद्देश्यका साथ एड्भाइजरी जारी गरिएको केन्द्रले जनाएको छ ।

एड्भाइजरीमा घर परिवार आफन्त साथीभाइको नाम, मोबाइल नम्बर जस्ता सजिलै अनुमान गर्न नसकिने पासवर्ड प्रयोग गर्न भनिएको छ । एड्भाइजरी अनुसार सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, स्टोरेज तथा नेटवर्कको सुरक्षाका सम्बन्धमा २१ बुँदे निर्देशन दिइएको छ ।

जसमा डाटाको नियमित रूपमा ब्याकअप राख्ने, आर्काइभ गर्नका साथै बिजनेस कम्युनिटी प्लान तयार गरेर लागू गर्ने, जेन्युन लाइसेन्स भएका हार्डवेयर तथा सफ्टवेयरको प्रयोग गर्ने, पासवर्ड बलियो राख्ने, सोर्स कोड अद्यावधिक गरेर सुरक्षित राख्ने भनिएको छ । सूचना प्रविधि प्रणालीहरूको कम्तीमा वर्षको एक पटक अनिवार्य रूपमा सुरक्षा जाँच गर्ने व्यवस्था मिलाउने र त्यसको अडिट लग रहने व्यवस्था मिलाउन समेत भनिएको छ ।

निर्देशन

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ