+
Search

ताजा अपडेट +

पपुलर +

‘कता हो ?’ लाई अन्तर्राष्ट्रिय अवार्ड

Kataho Digital Address System Smart Settlements & Urbanization
डबली खबर
१ साल अगाडी

माघ १२, काठमाडौं । नेपालको डिजिटल ठेगाना प्रणाली “कता हो ?” ले वर्ल्ड समिट अवार्ड (डब्लुएसए) प्राप्त गरेको छ ।

नेपालमा प्रविधि र नवप्रवर्तन क्षेत्रमा कार्य गर्दै आईरहेका नेपाली अनुसन्धानकर्ता दाजुभाई रामलक्ष्मणको समुहले तयार गरेको डिजिटल ठेगाना प्रणालीले स्मार्ट बस्ती र शहरीकरण विधामा छनोट भई अवार्ड प्राप्त गरेको हो ।

डब्लुएसएले संयुक्त राष्ट्र संघले अघि सारेको दिगो लक्ष्य प्राप्तिका लागि नवप्रवर्तनका माध्यमबाट विकास भएका उत्कृष्ट प्रविधि चयन गरी हरेक वर्ष पुरस्कार दिने गर्छ । यस वर्ष उक्त पुरस्कार समारोह २०२५ अप्रिल ६ देखि ९ सम्म विशेष समारोहबीच भारतको हैदरावादमा हुने डब्लुएसएले जनाएको छ ।

युवा वैज्ञानिक रामप्रसाद रिमालका अनुसार डिजिटल ठेगाना प्रणालीले नेपालभरको ठेगाना कोड तयार गरिसकेको छ ।

एकपटक अनलाईनमार्फत् राखिएको विवरणपछि इन्टरनेट विनानै विभिन्न ठेगाना कोड खोज्न सकिने प्रणालीमा चार सयवटा शब्द र अंकको संयोजन गरी तीन सेकेण्डभित्र कुनै स्थानको कोड बोलीकै माध्यमबाट सेयर गर्न सकिने व्यवस्था रहेको युवा वैज्ञानिक लक्ष्मणप्रसाद रिमालले जानकारी दिए ।

एड्रेसग्राफ नेपाल प्रालिमार्फत् तयार गरिएको प्रणालीमा हालसम्म १० हजारभन्दा बढी प्रयोगकर्ताले ठेगाना पाटी तयार गरिसकेका छन् । यस्तो प्रणाली प्रयोग गरी सर्वसाधारणले निःशुल्क डिजिटल ठेगाना प्लेट तयार गर्न सक्छन् । तर बोर्ड प्रिन्टको लागि शुल्क लाग्ने छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ