+
Search

ताजा अपडेट +

पपुलर +

आठौँ संस्करणको विराट एक्स्पो हुदैँ

birat expo 2025
डबली खबर
१ साल अगाडी

७ माघ, काठमाडौं । उद्योग संगठन मोरङको आयोजनामा माघ ११ देखि २० गतेसम्म हुने आठौँ संस्करणको विराट एक्स्पो हुने भएको छ। एक्स्पोले नयाँ लगानीकर्ताले उद्योग व्यवसाय सञ्चालन गर्दा अपनाउनु पर्ने गुणस्तरीय व्यवस्थापन प्रणालीका बारेमा जानकारी दिने भएको छ ।

आयोजकले सुरु गरेको क्युसेफ व्यवस्थापन मापदण्ड प्रणालीको सुरुवाती चरण अन्तर्गत एक्स्पो स्थलमा गुणस्तरीय व्यवस्थापन प्रणाली र स्वःपरीक्षणको व्यवस्था गरेको छ ।

माघ दोस्रो सातादेखि विराटनगरको डिग्री क्याम्पस परिसरमा सुरु हुने एक्स्पोमा उद्योगी व्यवसायीले आफ्नो उद्योग, औद्योगिक प्रतिष्ठानहरुको गुणस्तर मापदण्ड प्रणाली अनुसार कस्तो अवस्थामा छ, अनुपालना गर्नुपर्ने प्रावधानहरुको पालना भएको छ छैन लगायत समग्र आफ्नो उद्योगको अवस्था एवं क्षमताका बारेमा स्वः गुणस्तरिय व्यवस्थापन प्रणालीको परिक्षण गर्न सक्ने छन ।

एक्स्पो अवधिमा डिजिटल प्लेटफर्म मार्फत आफै मोबाइल मार्फत आफ्नो उद्योगको व्यवस्थापकिय क्षमताका आँकलन गर्ने र त्यसको नतिजा तुरुन्त प्राप्त गर्ने व्यवस्था एक्स्पोले मिलाईएको छ । यो स्वः परिक्षण नतिजाले गुणस्तर मापदण्डको प्रमाण पत्र प्राप्त गर्न के के गर्नु पर्दछ, कुन कुन बिषयमा क्षमता विकास गर्नु पर्दछ भन्ने बारे जानकारी उपलब्ध गराउने छ ।

यो प्लेटफर्म संगठनले सुरु गरेको क्युसेफ व्यवस्थापन मापदण्ड प्रणालीको प्रारम्भिक चरण भएको उद्योग संगठनले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ