६ माघ, काठमाडाैं । अनलाइन उपहार प्लेटफर्म नौलो कोशेली कम्पनीको दोस्रो शाखा विस्तार पुलचोकको झम्सिखेलमा सञ्चालनमा आएको छ । माघ ४ गतेदेखि झम्सिखेलमा दोस्रो शाखा सञ्चालनमा आएको हो ।
कम्पनीको शाखाबाट बेकरी सामग्रीसहित फोटो फ्रेम, क्यानभास, फूल, हस्तकला, बुटिकलगायत विभिन्न आकर्षक व्यक्तिगत उपहारहरू उपलब्ध रहेको छ । शाखा सञ्चालनमा आएको अवसरमा जनवरी महिनाभर प्रत्येक खरिदमा ५ प्रतिशत छुट पाइने छ ।
पछिल्लोसमय नेपालमा उपहार संस्कृति बढ्दै गएको छ । त्यसका लागि धेरैको रोजाइमा नौलो कोशेली पर्ने गरेको छ ।
अनलाइनबाट उपहारहरू अर्डर गर्न सकिने छ । सामाजिक सञ्जाल र कम्पनीको वेबसाइटबाट सजिलै आफुलाई मनपर्ने उपहारहरू अर्डर गर्न सकिने छ । कम्पनीले नेपालभर नै डेलिभरी सेवा प्रदान गर्नेछ ।
विदेशमा बस्ने नेपालीहरूले पनि सजिलै आफ्ना घर परिवार, साथीभाइ लगायत आफन्तहरूलाई अनलाईनमार्फत् उपहार पठाउन सक्नेछन् ।

प्रतिक्रिया