sujim bazar advert

बैंक डुब्न लागेपछि ६० रुपैयाँमा सेयर बेच्दै सिन्धुका संस्थापक, दोस्रो बजारमा भने दैनिक सर्किट

डबली खबर     पुस २२, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

२१ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय अनुशासन पालना नगरेको भन्दै कारबाही गर्न थालेपछि बैंक तथा वित्तीय संस्थाहरु समस्यामा परेका छन् । केही समयअघि राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई कारबाही गर्दै व्यवस्थापन सम्हालेपछि अहिले धेरै विकास बैंकहरु जोखिममा देखिएका छन् ।

कही समयअघि नेपाल राष्ट्र बैंकले वित्तीय अनुशासन पालना नगरेको भन्दै कारबाही गरेको सिन्धु विकास बैंक अहिले थप समस्यामा फसेको छ । पछिल्लो समय बढ्दो खराब कर्जा तथा वित्तीय अनुशासन पालना नगरेको भन्दै बैंकका तत्कालीन अध्यक्षलाई आर्थिक जरिवानासहित पदबाट हटाउनुका साथै सीईओ समेत कारबाहीमा परेपछि अहिले थप समस्या बढेको छ । अहिले बैंक नै डुब्न लागेको भन्दै बैंकका संस्थापकतर्फका संचालकहरुले आफ्नो सेयर जति मूल्य पायो त्यतिमै बिक्रीमा राखेका छन् ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासिककै तथ्यांकलाई हेर्दा पनि बैंकको खराब कर्जा उच्च रुपमा बढेर ११.२९ प्रतिशतमाथि पुगेको छ । पछिल्लो समय उक्त अनुपात अझै बढेको बैंककै लगानीकर्ताहरु बताउँछन् । बैंकको बोर्डमा रहेर भित्री सुचनामा पहुँच भएका संस्थापकहरुले अहिले बैंकको सेयर प्रतिकित्ता ६० रुपैयाँदेखि विक्रीमा राखेका छन् । बैंकको भित्री अवस्था एकदमै नाजुक बन्दै गएपछि अहिले संस्थापक लगानीकर्ताहरु जति मूल्यमा पायो त्यतिमै सेयर बिक्री गरेर बाहिरिने मनस्थितिमा पुगेका एक संस्थापक लगानीकर्ताले जानकारी दिए । ‘अहिले बैंकका संस्थापकहरुको ठूलो कित्ता सेयर ६० देखि ७० रुपैयाँको बीचमा बिक्रीमा आइरहेको छ,’ एक संस्थापकले भने, ‘अहिले उक्त बैंकको संस्थापक सेयर जति मूल्यमा बिक्री गर्छु भनेपनि खरिदगर्ने लगानीकर्ता नै भेटिएका छैनन् ।’

राष्ट्र बैंकले सिन्धु विकास बैंकलाई पुँजी कोष नपुगेको, खराव कर्जा उच्च भएका तथा कर्पोरेट गभर्नेन्स खराब भएको भन्दै शीघ्र सुधारात्मक कारवाही गरेको थियो । सोहीअनुरुप बैंकका तत्कालीन अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई ५ लाख जरिवाना गर्दै पदबाटै हटाएको छ । यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले पनि उक्त पदबाट राजीनामा दिए ।

राष्ट्र बैंकले कारबाही गरेसँगै उक्त बैंकमा अहिले कर्मचारी संचयकोषबाट प्रतिनिधित्व गर्ने संचालक दामोदर प्रसाद सुवेदी अध्यक्ष भएका छन् भने सीईओ अझै पनि खाली नै छ । सीईओ खाली भएसँगै राष्ट्र बैंकले दिएको निर्देशनअनुसार बैंक संचालक समितिले सुरेश देवकोटालाई सीईओमा नियुक्त गरेको थियो । तर, देवकोटाले अहिलेसम्म पदबहाली गरेका छैनन् ।

संचालक समितिले उनलाई यहीँ पुस १ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको थियो । तर, बैंकको वित्तीय अवस्था नाजुक हुँदै गएको र सिन्धुलाई पनि कर्णालीलाई जस्तै राष्ट्र बैंकले टेकओभर गर्न सक्ने भन्दै सीईओको पदमा बसेर काम गर्ने वा नगर्ने भन्ने विषयमा आफु निकटका व्यक्तिहरुसँग सल्लाह गर्दै आएका छन् ।

पछिल्लो समय वित्तीय अवस्था बिग्रिएर संस्थापक लगानीकर्ताहरुले एकदमै सस्तो मुल्यमा सेयर बिक्री गरेर बाहिरिन लाग्दा दोस्रो बजारमा भने लगानीकर्ताले दैनिकजसो सेयर मुल्यमा सकारात्मक सर्किट लगाइरहेका छन् । अहिले सिन्धु विकास बैंकको सेयरमा मुल्यमा उच्च वृद्धि गराईएको छ त्यसले लगानीकर्ताहरु फस्ने सम्भावना रहेको सम्बद्ध स्रोतको भनाई छ । गत साता बिहीबार करिव सर्किट लेभलमा बढेको सिन्धुको सेयर आज अर्थात आइतबार (समाचार तयार पार्दासम्म) पनि करिव ७ प्रतिशतले बढेर प्रतिकित्ता मुल्य ८६९ रुपैयाँमा कारोबार भैरहेको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top